नियम ४१
कारागारमा पठाउने
मुद्दाको अन्तिम फैसला वा आदेश भई फैसला वा आदेश
बमोजिम कसैलाई कैद गर्नु पर्दा वा लागेको दण्ड, जरिवाना वा बिगो समेतको रकम
प्रचलित कानून बमोजिम असुल उपर हुन नसकेमा कैद, दण्ड, जरिवाना वा बिगो
लागेको व्यक्तिलाई स्थानीय कारागारमा पठाउनु पर्नेछ । सो बमोजिम पठाइएको
व्यक्तिलाई कारागारले बुझी लिनु पर्नेछ ।